२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती कर्मचारीको उमेर हदबन्दी ५८ कि ६० ?

अ+ अ-

काठमाडौं । विसं २०४९ मा बनेको नयाँ निजामती सेवा ऐनमा निजामती कर्मचारीको अवकाश उमेर ६० बाट ५८ वर्ष झारियो । अहिले भने त्यतिबेला कायम गरिएको ५८ वर्षीय उमेर हदबन्दीलाई हटाउँदै पुनः ६० वर्ष कायम गराउने प्रयास थालिएको छ ।

यसअघि निजामती सेवा ऐन–२०१३ र निजामती सेवा ऐन–२०२१ मा पनि निजामती कर्मचारीको उमेर हदबन्दी ६० वर्ष नै राखिएको थियो तर २०४९ सालमा बनेको ऐनले ५८ वर्ष राख्यो । पहिले रहेको ३० वर्ष सेवा अवधि काम गरेको व्यवस्थासमेत हटाइयो । अहिले ५८ वर्षबाट ६० वर्ष बनाउनेमा छलफल भइरहेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा ६० वर्ष बढाउने कि ५८ वर्ष राख्नेमा छलफलसमेत भएको छ तर ५८ कि ६० वर्ष राख्नेमा सहमति नहुँदा समितिमा ६० वर्ष बनाउने निर्णय विचाराधीन रहेको छ । समितिका सदस्य नै उमेरको विषयमा अझै टुङ्गोमा पुगेका छैनन् ।

नेपालको उमेरको औसत बढेकाले ६० वर्ष पुर्‍याउनु पर्दछ भन्ने एकथरिको तर्क रहेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नेपालबाहेक सबै मुलुकमा पनि कर्मचारीको उमेर ६० भन्दा नै माथि नै रहेको छ । साठी वर्ष बढाउँदा २ वर्ष माथिल्लो तहका कर्मचारीको वृद्धि विकास रोकिने भन्ने धारणा रहेको छ । अर्कोतिर अहिले सचिव/सहसचिवले पनि ६० वर्ष उमेर हदबन्दी बढाउदा आफ्नो पनि २ वर्ष सेवाकाल थपिने भन्ने रहेको छ ।

पूर्वमुख्य सचिव विमल कोइरालाले ६० वर्ष उमेर हदबन्दी बढाउने अनुपयुक्त नभए पनि स्वार्थ समूहको दबाबमा नपर्नु पर्ने बताउछन् । ‘तर्कको आधारमा त ६० वर्ष बढाउने कुनै कारण नै छैन तर विश्वका अधिकांश देशले कर्मचारीको उमेर ६० देखि माथि नै बनाएका छन्’, उनले भने, ‘अब उप्रान्त भर्ना हुने कर्मचारीमा लागू गर्दा केही फरक पर्दैन ।’

पूर्वसचिव शारदाप्रसाद त्रितालले कर्मचारीमा विभेदकारी उमेर हदबन्दी हटाउनुपर्ने बताउछन् । उनले सरदर आयु बढ्न जाँदा काम गर्ने जाँगर पनि बढ्ने भएकाले ५८ वर्षबाट ६० वर्ष गराउनुपर्ने बताए । ‘साठी वर्ष गराउँदा पुराना खारिएका कर्मचारी हुन्छन्’, उनले भने, ‘ती कर्मचारीबाट राज्यले बढी फाइदा लिनुपर्‍यो ।’ साठी वर्ष गराउँदा सरकारले २ वर्ष थप अनुभवी कर्मचारी पाउनुको साथै पेन्सनको भारमा पनि २ वर्ष कम हुन्छ भने ६० वर्षमा लैजाँदा कर्मचारीको २ वर्ष बढुवा र नयाँ भर्ना प्रक्रिया रोकिने हुन्छ ।

पूर्वसचिव शरदचन्द पौडेलले ६० वर्ष उमेर बढाउँदा पेन्सनको दायित्व पनि २ वर्ष कम पर्ने र अनुभवी कर्मचारी पनि राज्यले पाउने भएकाले ६० वर्ष पुर्‍याउनुपर्ने बताए । उनले पहिलेको कुनै तर्क बिना नै ६० वर्षबाट ५८ वर्ष झारिएकाले अहिले मानिसको औषत आयु पनि बढेकाले पहिल्यैकै ६० वर्ष पुर्‍याउनुपर्ने बताए ।

‘पहिले औषत आयु ५८ वर्ष हुँदा कर्मचारीको ६० वर्ष अवकांश उमेर तोकिएको थियो’, उनले भन्छन्, ‘तर अहिले औषत उमेर करिब ७१ वर्ष पुग्दा नी ५८ वर्ष राखिएको छ । कुनै व्यक्तिको व्यक्तिगत स्वार्थ नहेरी ६० वर्ष पुर्‍याउनुपर्दछ ।’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोखरेलले किस्ताबन्दीमा नभई एकै पटक ६० वर्ष उमेर हदबन्दी बढाउनुपर्ने बताउछन् ।

नयाँ बन्न लागेको विधेयकमा ६० वर्ष पुर्‍याए पनि पहिलो वर्षमा ५८ वर्ष छ महिना, दोस्रो वर्षमा ५९, तेस्रो वर्षमा ५९ वर्ष छ महिना र चौथो वर्षमा ६० वर्ष पुर्‍याउने उल्लेख गरिएको छ । विसं २०६६ मा तत्कालीन सामान्य प्रशासनमन्त्री जितु गौतम र कर्मचारी सङ्गठनबीच नै ६० वर्ष उमेर हदबन्दी बढाउने सहमति गरिएको थियो ।

सहमतिअनुसार लागू गरिएको दुई वर्षमा मात्र ६० वर्ष उमेर हदबन्दी राख्ने सहमति भएको थियो । अहिले कर्मचारीको फरक फरक उमेर हदबन्दी रहेको छ । शिक्षक र उच्च अदालतका न्यायाधीशको ६३, सर्वोच्च अदालतका न्यायाधीशको ६५ वर्ष उमेर हदबन्दी राखिएको छ ।