२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सूचना प्रविधि र नेपाल विशेष सेवा गठनसम्बन्धी विधेयक समर्थन गर्न सकिन्न’

अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिक स्वतन्त्रतालाई कुण्ठीत गर्ने कुनै पनि विधेयकलाई समर्थन गर्न नसकिने जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि र नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयकका केही प्रावधानले संविधान प्रदत्त व्यक्तिगत गोपनियताको अधिकार हनन गर्न खोजेको आरोप लगाए ।

सामाजिक सञ्जालमा कसैले कसैलाई जिस्क्याएकै भरमा ५ वर्ष जेल बस्नुपर्ने, रु १५ लाख जरिवाना तिर्नुपर्नेजस्ता प्रावधान लोकतान्त्रिक राज्य व्यवस्थाको भावना र मर्मअनुरुप किमार्थ हुन नसक्ने कांग्रेसले जनाएको छ । कठोर प्रावधानको बाटोबाट राजनीति, राजनीतिकर्मी या सरकारप्रति व्यंग्य र आलोचना गर्ने नागरिक स्वतन्त्रतालाई समेत कुण्ठीत गर्ने विधेयकलाई समर्थन गर्न नसकिने प्रवक्ता शर्माको भनाइ थियो ।

उनले भने, ‘नागरिक स्वतन्त्रताका पक्षमा स्थापनाकालदेखि लड्दै आएको कांग्रेस यी विधेयकका विरुद्ध संसद्देखि सडकसम्म दृढतापूर्वक उभिने छ ।’कांग्रेसको नेतृत्वको सरकारका पालामा हालसम्मकै सबैभन्दा ठूलो अनुदान सहयोगको अमेरिकी सरकारसँग भएको सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० लाई यो या त्यो बाहानामा अवरुद्ध गर्न खोजिएको विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको उनले बताए । देशको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सो सम्झौता तत्काल संसद्मा पेश गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

यसैगरी तराई–मधेशका विभिन्न जिल्लामा उखुखेती गरिहेका कृषकको आन्दोलनप्रति कांग्रेसको समर्थन रहेको जनाउँदै प्रवक्ता शर्माले रकम भुक्तानी तत्काल दिलाउने प्रभावकारी पहलका लागि सरकार समक्ष माग गरे । ‘उखुको मूल्य निर्धारण त्यो पनि पोहोरकै मूल्य बमोजिम गर्ने, सरकारको कर्तव्ययति मात्रै होइन । किसानलाई भुक्तानी दिलाउन समन्वय गर्ने र चिनी उद्योगीको व्यवसायिक चुनौती हल गर्न पनि आवश्यक पहल गर्ने दायित्व सरकारको हो’, उनले भने ।

सोही अवसरमा प्रवक्ता शर्माले नेपाल ट्रष्ट अन्तर्गतको गोकर्णको जग्गा विगतमै न्यून मूल्यमा भाडामा दिइएको र लामो समयावधि बाँकी छँदै नवीकरण गरिएको विषयमा काँग्रेसले आफ्नो धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरे । उनले गोकर्ण, दरबारमार्ग, ताहाचललगायत अन्य सबै विवादास्पद प्रकरणको पृष्ठभूमिदेखिकै गम्भीर छानबिन र कारवाहीका लागि सम्बन्धित निकाय समक्ष माग गर्दै यथार्थ तथ्यभन्दा बाहिर गएर जो कोहीलाई आरोपित गरी सत्यलाई विषयान्तर नगर्न पनि आग्रह गरे ।

कांग्रेसले प्रदेशको नामाकरण र राजधानी चयनको सम्बन्धमा सत्तारुढ दलको केन्द्रीय सचिवालयले निर्णय गर्नुलाई संघीयताको मर्मविपरीत भएको भनी टिप्पणी गरेको छ । प्रवक्ता शर्माले प्रदेश–३ का बारेमा निर्णय गरेर आदेश जारी गर्नुलाई अप्रिय घटनाका रुपमा कांग्रेसले लिएको जनाएको छ । कांग्रेसले सबै खाले दबाबबाटमुक्त रहेर प्रदेशको नामाकरण र राजधानी चयनको विषयमा स्वतन्त्र ढङ्गले निर्णयमा पुगेर प्रदेश र प्रदेशसभाको गरिमा उच्च बनाउन सबै प्रदेशसभा, सभामा रहेका राजनीतिक दल एवं सांसदमा अपिल गरेको छ ।

प्रवक्ता शर्माले यही पुस १६ गते अर्थात् जनवरी १ बाट प्रारम्भ हुनेगरी नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० अभियानलाई शुभकामना दिँदै यसको सफलतामा जुट्न स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा अनुरोध रे । ‘एक परिवार, दुई पर्यटक’ को नाराका साथ विदेशस्थित नेपाली जनसम्पर्क समिति एवं पार्टीको देशभरिका सबै तहलाई भ्रमण वर्षमा योगदान गर्न कांग्रेसले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस