बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


८ पुस २०७६, मंगलबार


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा आज यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

राजविराजबाट लहानतर्फ आउँदै गरेको ना२ख १२६९ नम्बरको बसले लहानबाट कदमाहातर्फ जाँदै गरेको ना६५प ९०४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका–३ निवासी ३५ वर्षीय अरुणकुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका साहको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सोही दुर्घटनामा परी मोटरसाइकलमा सवार १७ वर्षीया कल्पना साहको लहानस्थित सप्तऋषि नरसिंह होममा उपचार भइरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस