प्रचण्ड पत्नी सीता उपचारका लागि रामदेवको पतञ्जली योगपिठमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड पत्नी सीता उपचारका लागि रामदेवको पतञ्जली योगपिठमा


४ पुस २०७६, शुक्रबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल उपचारका लागि हरिद्वार पुगेकी छन् ।

हरिद्वारमा रहेको पतञ्जली योगपिठ आयुर्वेदिक उपचारका लागि पुगेको छोरी गंगा दाहालले जानकारी दिइन् ।

प्रचण्ड पुत्री गंगा दाहालले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै सीताको आयुर्वेदिक उपचार भइरहेको जानकारी दिएकी छन् ।

लामो समयदेखि बिरामी रहेकी सीता दाहालको उपचारका लागि अमेरिकादेखि सिंगापुर लगिएको थियो । सीतालाई सञ्चो नभएपछि आयुर्वेदिक उपचारका लागि हरिद्वार लगिएको छ ।

सीताले बाबा रामदेव र आचार्य बालकृष्णसँग भेट गरेका छन् । पूर्व मन्त्री मातृका यादव समेत सीतासँगै हरिद्वार पुगेका छन् ।

 

 

Tags :
प्रतिक्रिया दिनुहोस