सिद्धबाबालाई थप तीन दिन हिरासत राख्न अनुमति « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिद्धबाबालाई थप तीन दिन हिरासत राख्न अनुमति


२७ मंसिर २०७६, शुक्रबार


काठमाडौं । आफ्नै अनुयायीलाई जबरजस्ती करणी गरेको आरोप लागेका (सिद्धबाबा)कृष्णबहादुर गिरीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

शुक्रबार जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । १० दिनको म्याद मागेकोमा अदालतले ३ दिनमात्र दिएको डिएसपी विनोद शर्माले बताए ।

गिरीलाई यसअघि ४ दिन र ७ दिनको अनुमति लिइएको थियो । यससँगै अब तीन दिनभित्र प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने छ ।

गिरी भने अदालतले दिएको अनुमति अवधिभर अस्पतालमै बसेका छन् । उनलाई विराटनगर अस्पतालमा राखिएको छ । डाक्टरले मुटुमा समस्या रहेको भन्दै उनलाई आइसियुमा राखेको छ ।

एक अनुयायी महिलाले गत मंसिर ४ गते बलात्कार गरेको भन्दै महिला सुनसरी प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । जाहेरी परेपछि गिरी अस्पताल भर्ना भएका थिए । सघन उपचार कक्षबाटै मंसिर १६ गते उनलाई पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस