अहिलेसम्मकै कान्छी ‘पर्सन अफ द इयर–२०१९’–ग्रेटा थनबर्ग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अहिलेसम्मकै कान्छी ‘पर्सन अफ द इयर–२०१९’–ग्रेटा थनबर्ग


२६ मंसिर २०७६, बिहिबार


काठमाडौं । टाइम म्यागेजिनको पर्सन अफ द इयर–२०१९मा अहिलेसम्मकै कान्छी किशोरी घोषित भएकी छन् । जलवायु परिवर्तनबारेको विश्वव्यापी अभियानमा प्रेरणदायी पात्र बनेकी १६ वर्षीया किशोरी ग्रेटा थनबर्ग टाइम वर्ष व्यक्ति घोषित भएकी हुन् ।

स्विेडिस किशोरी थनबर्गले म्याड्रिडमा चलिरहेको संयुक्तराष्ट्र सङघको एउटा जलवायु सम्मेलनमा बोलेकी थिइन् । उनले सम्मेलनमा नेताहरुलाई काम ढाकछोप गर्न अपनाउने अनेक सिर्जनशील प्रवृत्ति रोक्न आग्रह गरेकी थिइन् ।

गतवर्ष उनले आफ्नो शुक्रबारका कक्षाहरु छोडेर स्वीडिस सांसदबाहिर धर्ना बसेर वातावरणसम्बन्धी हड्ताल सुरु गरेकी थिइन् । त्यसले सामाजिक सन्जालमा ‘फ्राइडे फर फ्युचर’ शब्दावलीलाई चर्चित विश्वव्यपि अभियान बनाएको थियो । सो अभियानले विश्वका दशौंलाख विद्यार्थीहरुलाई प्रदर्शनमा उत्रने प्रेरणा दिएको थियो ।

यो वर्ष उनी नोबेल शान्ति पुरस्कारका लागि समेत मनोनयनमा परेकी थिइन् ।

उनले न्युयोर्कमा भएको जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा नेताहरुलाई लक्षित एक आक्रोशपूर्ण मन्तव्य दिएकी थिइन् । उनले भनिन्, ‘खोक्रा शब्दहरुले तपाईँहरुले हाम्रो, मेरो बाल्यकाल चोर्नुभएको छ । हामीहरुले तपाईँहरुलाई हेरिरहेका छौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस