नारायणगढ मुग्लिन सडक दुई हप्ताका लागि बन्द हुने « प्रशासन
Logo २४ मंसिर २०८०, आइतबार
   

नारायणगढ मुग्लिन सडक दुई हप्ताका लागि बन्द हुने


२५ मंसिर २०७६, बुधबार


चितवन । पहिरो रोक्ने काम बाँकी रहेकाले चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड शुक्रबारदेखि दुई हप्ताका लागि बन्द हुने भएको छ ।

मंङसिर २७ गतेदेखि पुसको ११ गतेसम्म लागि विहान ११ बजेदेखि ३ बजेसम्म बन्द गर्न लागिएको हो । सडकको निर्माण कार्य सकिएपनि पहाडको पहिरो रोक्ने काम बाँकी रहेकाले सडक बन्द गरेर काम गर्न लागिएको हो । मुग्लिन नारायणगढ सडक आयोजनाका सूचना अधिकारी शिव खनालले भने -‘पहिलो झर्ने विभिन्न आठ स्थानमा काम गर्नु पर्ने भएकाले हामीले सूचना प्रकाशित गरेका छौ, शुक्रबारबाट बन्द हुन्छ ।’

बन्द गर्ने विषयमा तयारी भएपनि भरतपुर विमानस्थल मर्मतको लागि बन्द गर्दा केही समय ढिला भएको सूचना अधिकारी खनालले जानकारी दिए । ढुंगा झारेर काम गर्नको लागि ठेक्का सम्झौता भइसकेको खनालले बताए । १२ करोडको लागतमा ठेक्का भएको काम ६ महिना भित्र सक्ने योजना रहेको छ । पहाडमा झर्न लागेका पहिरो, खुकुलो माटोलाई झारेर तारजाली हाल्ने योजना रहेको छ ।

दैनिक ४ घण्टा यातायात बन्द गरेर काम गर्नु पर्ने भएकाले बन्दको समयमा सो राजमार्ग यात्रा नगर्न आयोजनाले सूचित गरेको छ । ढुंगा झार्ने स्थानहरुमा गाइघाट, १८ किलो, झालुढुंगा, जलवीरे, ४ किलो, घुमाउने, टोपेखोला, कालिखोला रहेका छन् ।

काठमाण्डौ पोखराको सवारी साधन भने निर्वाध रुपमा सञ्चालन हुने आयोजनाले जानकारी दिएको छ । नारायणगढ र काठमाण्डौबाट सडक पार हुने सवारी यातायातको लागि भने रोकिनु पर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस