प्रधानमन्त्री नियमित डायलासिसका लागि अस्पतालमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्री नियमित डायलासिसका लागि अस्पतालमा


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

प्रधानमन्त्री ओली नियमित डायलासिसका लागि आज साँझ अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री डायलासिस सकेर आजै प्रधानमन्त्री निवास फर्कने छन् ।

‘प्रधानमन्त्री नियमित डायलासिसका लागि साँझ ७ः३० बजेतिर अस्पताल गएका हुन् ।
डायलासिस सकिएपछि उहाँ आजै अस्पतालबाट फर्किनुहुन्छ,’, प्रेस सल्लाहकार थापाले भने ।

प्रधानमन्त्री ओलीको गत मङ्सिर १० गते मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । उनी उपचारपछि यही मङ्सिर १९ गते अस्पतालबाट डिस्चार्ज भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस