सामान किन्दा ठगिनबाट जोगिन ‘कञ्जुमर एप’मा सिधै उजुरी गरौं « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सामान किन्दा ठगिनबाट जोगिन ‘कञ्जुमर एप’मा सिधै उजुरी गरौं


२४ मंसिर २०७६, मंगलबार


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ताको हितका लागि मोबाइल एपको सुरुवात गरेको छ । उपभोक्तालाई सामान किन्दा ठगिनबाट जोगाउने उदेश्यले विभागले ‘कञ्जुमर एप’ नामक मोबाइल एपको सुरुवात गरेको हो ।

विभागले दुई महिनाअघि गुनासो एपकोरुपमा प्लेस्टोरमा मात्र एपको सुरुवात गरेको थियो । सो एपलाई अहिले विभागले सरलीकृत गरी उपभोक्तालाई सजिलै उपलब्ध गराउन नाम परिवर्तन गरी ‘कञ्जुमर एप’ नाम दिइएको छ ।

गत कात्तिक ८ गते उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका प्रसाद यादवले एपको सुरुवात गरेका थिए । सो एपलाई उपभोक्ताले सजिलै भेटाउन र प्रयोग गर्न सक्ने गरी नाम परिवर्तन गरी सरलीकृत गरिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

एपमार्फत प्रमाणसहित उजुरी गर्न उपभोक्तालाई आग्रह गरिएको छ । एपमार्फत आउने गुनासो सुनुवाइका लागि तत्काल टोली खटाइनेसमेत महनिर्देशक सुवेदीले जनाएका छन् ।

‘कञ्जुमर एप’ गुगल प्ले स्टोरमा सर्च गर्दा सजिलै भेटिने र उपभोक्तालाई निर्धक्क भएर उजुरी गर्न महानिर्देशक सुवेदीले आग्रह गरेका छन् ।

सूचना: 

 

Tags :
प्रतिक्रिया दिनुहोस