कोहलपुरका विद्यालय बन्द - प्रशासन प्रशासन
prasaLogo
२३ मंसिर २०७६, सोमबार

कोहलपुरका विद्यालय बन्द


प्रकाशित मिति : 9 December, 2019 12:01 pm

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएको घटनाको विरोधमा कोहलपुरका विद्यालयहरु बन्द गरिएको छ ।

प्याब्सन, नेपाल प्याब्सन र क्रिशाले संयुक्त विज्ञप्ति निकालेर सोमबार एक दिन विद्यालय बन्दको आह्वान गरेका हुन् ।

आइतबार स्थानीय त्रिभुवन उच्च माविमा कक्षा सातमा अध्ययनरत कोहलपुर–१० की छात्रा प्रकृति चन्दलाई ट्रकले कुल्चिएपछि कोहलपुर तनावग्रस्त भएको थियो । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुवै तर्फका करिब दुई दर्जन घाइते भएका छन् ।

आक्रोशित समूहले विद्यार्थी ओसारपसार गर्दै आएको डाइनामिक माविका दुईवटा बस र सार्वजनिक गाडीहरुमा तोडफोड गरेको थियो । स्थितिलाई साम्य बनाउन स्थानीय प्रशासनले कोहलपुर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी चन्दलाई उपचार गर्न नेपाली सेनाको हेलिकप्टरबाट आइतबार नै ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

Tags:

प्रतिक्रिया दिनुहोस