कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।
आइतबार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाईस्कुल चोकमा बालिकालाई ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो ।
बालिकाको मृत्यु पछि विद्यार्थीहरुले ट्रकमा आगजनी गरेका छन् । विद्यार्थीहरुले गाडीका सिसा फुटाउनुका साथै चोकमा टायर बालेर विरोध गर्दै यातायात अवरुद्ध पारेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरले बाटो खुलाउने प्रयास गरिरहेको जनाएको छ ।







