शुक्रबार दिनभर विद्युत् कटौती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

शुक्रबार दिनभर विद्युत् कटौती


२० मंसिर २०७६, शुक्रबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको ११ केभी ओम फिडरबाट वितरित क्षेत्रमा शुक्रबार दिनभर विद्युत कटौती हुने भएको छ ।

आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ ।

चक्रपथ विस्तारका लागि नेपाल वन निगमले शुक्रबार रूख कटानको तयारी गरेपछि यहाँबाट वितरित क्षेत्रमा आज दिनभर विद्युत् आपूर्ति बन्द हुन लागेको हो ।

यो वितरण केन्द्रबाट चक्रपथ, भाटभटेनी वरिपरि, चण्डोल, विशालनगर, धुम्बाराहीलगायत स्थानमा विद्युत् वितरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस