क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

क्रस कन्ट्रीमा नेपालले जित्यो स्वर्ण


१९ मंसिर २०७६, बिहिबार


काठमाडौं । नेपालले १३औँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत साइक्लिङको क्रस कन्ट्री स्पर्धामा स्वर्ण पदक जितेको छ ।
काठमाडौँको गोकर्णमा आज भएको खेलमा नेपालकी लक्ष्मी मगरले स्वर्ण पदक जितेकी छन् । उनले क्रस कन्ट्रीको चार किलोमिटरमा स्वर्ण पदक जितेकी हुन् । मगरले निर्धारित दूरी १ मिनेट २०.२० सेकेण्ड समय लगाउँदै पूरा गरिन् ।

साइक्लिङमा नेपालले यससँगै तेस्रो स्वर्णपदक जितेको छ । बुधबार भएको साइक्लिङको डाउनहिल स्पर्धामा नेपालका राजेश मगर र निश्मा श्रेष्ठले स्वर्णपदक जितेकी थिइन् । त्यस्तै सोही विधामा नेपालकी उषा खनालले रजत पदक जितिन् । उनले १ मिनेट ३५.५२ सेकेण्डमा खेल पूरा गरिन् । भारतकी प्रनिता प्रफुल सोमनले कास्य पदक हात पारिन् । उनले निर्धारित दूरी १ मिनेट ३६.२९ सेकेण्डमा पूरा गरिन्। यससँगै १३औँ सागमा नेपालले ३१ स्वर्ण पदक जितिसकेको छ ।

प्रतिक्रिया दिनुहोस