पेट्रोलियम पदार्थ अन्वेषणका लागि चार सर्भे एकैसाथ, सुरु भयो अन्वेषण « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थ अन्वेषणका लागि चार सर्भे एकैसाथ, सुरु भयो अन्वेषण


५ मंसिर २०७६, बिहिबार


दैलेख । दैलखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ । दैलेखको शिरिस्थान र नाभीस्थान लगायतका क्षेत्रमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि आएको चिनियाँ प्राविधिक टोलिले एकैपटक चार सर्भे सुरु गर्ने भएको हो ।

नेपाल सरकार र चीन सरकारबीच दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि सम्झौता भएसँगै चिनियाँ प्राविधिक टोली पेट्रोलियम पदार्थ भएको सम्भावित क्षेत्रमा पुगिसकेको छ । खानी तथा भूगर्भ विभागले अबको एक वर्षभित्रमा अन्वेषणको काम सकिने बताएको छ ।

अन्वेषणका लागि ४० वर्ग किलोकिटर क्षेत्रमा ४५००० हजार मिटर गहिराइसम्म खनिने जानकारी भएको छ ।

भूगर्भ विभागका अनुसार पहिलो चरणमा भौगर्भिक सर्भेक्षणसँगै तीन ओटा सर्भे गरिनेछन् । भौगर्भिक सर्भेक्षण सबैभन्दा महत्वपूर्ण हुन्छ । जसले जमिनमूनिको सतह पत्ता लगाउने र नक्सा निर्माण गर्ने काम गर्छ । अन्या तीन ओटा सर्भे भनेका भौगर्भिक सर्भे, भू–भौतिक सर्भे, र जिआकेमिकल सर्भे हुन् । यि सबै एकैसाथ गरिने छन् ।

सर्भेका लागि चिनियाँ प्राविधिक टोलीले दैलेखको डुगेश्वर गाउँपालिका –१ बेलपाटाको चुप्रामा बेस क्याम्प निर्माण गरेको छ । टोलीमा १७ जना अनुभवी कामदार रहेको बताइएको छ । दैलेखबाट ७० जना स्थानीय कामदार कार्यरत छन् । अन्य विदेशमा काम गरेका कामदार पनि संलग्न रहेको विभागले जनाएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस