२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपल्लो डोल्पाका विद्यालय छ महिनाका लागि बन्द

अ+ अ-

डोल्पा । उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय ६ महिनाका लागि बन्द भएका छन् । अत्यधिक चिसोका कारण पठनपाठन सञ्चालन गर्न नसकिने भएपछि उपल्लो डोल्पाका तीन स्थानीय तहका सम्पूर्ण विद्यालय बन्द गरिएका हुन् ।

आगामी वैशाख पहिलो हप्ता विद्यालय सञ्चालन हुने छन् । शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङ्सोङ गाउँपालिकाका २३ विद्यालय बन्द भएका शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख सिँहराज डाँगीले जानकारी दिए । ‘चिसो बढेर बस्न नसकिने भएपछि छ महिनाका लागि विद्यालय बन्द भएका हुन्’, उनले भने । करिब ३ हजार बालबालिका घरमै रहने समन्वय एकाइले जनाएको छ । गाउँ शिक्षा समितिको औपचारिक निर्णय गराएर छ महिनाका लागि विद्यालय बन्द गरिएको वडा नं १ का सदस्य पेमा छिरिङ गुरुङले बताए ।

त्यसैगरी छार्का ताङ्सोङ् गाउँपालिकामा चैत पहिलो साताभित्र खुल्ने गरी विद्यालय बन्द गरिएको गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले बताए । डोल्पोबुद्ध गाउँपालिकाका पनि सम्पूर्ण विद्यालय बन्द भइसकेको अध्यक्ष तेम्बा गुरुङले बताए । विद्यालय बन्द भएपछि आर्थिक स्थिति राम्रो भएका विद्यार्थी काठमाडौँ पुगेर अतिरिक्त कक्षा लिने गर्छन् भने आर्थिक स्थिति कमजोर भएका विद्यार्थी बुबाआमासँगै जाडो छल्न बेँसी झर्ने गर्छन् ।

जाडो सकिएर गर्मी शुरु भएपछि वैशाखमा मात्रै विद्यालयमा शिक्षक विद्यार्थीको जमघट हुन्छ । यार्सागुम्बा टिप्ने बिदा र चिसोका कारण उपल्लो डोल्पामा एक शैक्षिक सत्रमा छ महिना मात्रै राम्रोसँग पढाइ हुन्छ । उपल्लो डोल्पाका अधिकांश स्थानीयवासी घरमा ताल्चा लगाएर पशु चौपायसहित बेँसी झर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस