प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन


२ मंसिर २०७६, सोमबार


काठमाडौं । माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन सिंहदरबारबाटै गरिएको छ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री–एको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित कार्यालयको ‘वार रुम’बाटै स्विच थिचेर गरेका हुन् ।

प्रधानमन्त्री ओलीले सिंहदरबारबाट र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले आयोजनास्थलबाट एकैसाथ उद्घाटन गरेका हुन् ।

आयोजनास्थल नुवाकोटको किस्पाङ गाउँपालिका–५ सिम्लेमा रहेको छ ।

आयोजनाको पहिलो र दोस्रो युनिटबाट गत जेठ ३ र साउन १७ मा परीक्षण उत्पादन सुरु भएको थियो ।

आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट बिजुली उत्पादन गर्न सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस