२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पले घर भत्काएपछि चार वर्षदेखि छिमेकीको घरमै बास

अ+ अ-

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाएका छैनन् ।

भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भए पनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएका हुन् । “उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रवलीकरण गर्नुपर्छ भन्दैछ”, उनले भने, “मेरो घर भत्केर जग मात्रै छ, गाह्रोसमेत छैन, तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनःनिर्माण प्राधिकरण धाएको चार वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुङ्गो लागेको छैन ।” अब चाही भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौँ ।

“अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरु बोलाएर सर्जिमिन गर भनेर भनेकाले अहिले त्यहीअनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु ।” पौडेलले भने, “एकल महिलासमेत रहेका उनी सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको उनी बताउँछन् ।” “गरिखान सकिँदैन, बस्ने ठाउँ मात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि ।” उनले भने ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन शुरु गर्न सुझाव दिएको बताए । कार्यालयमा नै आएका पौडेललाई भने, “अब तपाईले घर बनाउन शुरु गर्नुस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौँ ।”

छोराहरु भए पनि विगतदेखि नै एक्लै बस्दै आएका उनको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आएका छन् । केन्द्रमा चार पटक र जिल्लामा पटक÷पटक धाउँदै आएका उनी अब भने केही आशावादी भएको बताए । यसअघि भरेको गुनासोको पनि फाइल एक वर्षसम्म वडा कार्यालयमा नै रहेको र अहिले अर्को इञ्जिनीयर आएर हेरेपछि बल्ल अगाडि बढेको कारण अब भने हुने खालको प्रतिक्रिया आएको उनले बताए ।