डा. केसीको स्वास्थ्यमा समस्या : अन्तै लैजान खोज्दा तनाव « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डा. केसीको स्वास्थ्यमा समस्या : अन्तै लैजान खोज्दा तनाव


२५ कार्तिक २०७६, सोमबार


काठमाडौँ । अनसनरत डा. गोविन्द केसीलाई स्वास्थ्यमा समस्या भएको भन्दै प्रहरीले जवरजस्ती लैजान खोजेपछि डडेल्धुरामा तनाव उत्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेको नेतृत्वमा खटिएको टोलीले माथिको आदेश भन्दै केसीलाई अन्यत्रै सार्न खोजेपछि उनका समर्थकले सडकमा अवरोध गर्दै टायर बालेर चक्काजाम गरेका छन्।

आफूलाई कुनै जानकारी नै नदिई प्रहरीलाई पठाउनु गुण्डागर्दी प्रवृत्ति भएको डा। केसीले बताएका छन् । उनले जनताको लागि लड्न अनसन बसेको बताउँदै आफ्ना माग पुरा गरे मात्र अनसन तोड्ने बताएका छन् ।

अनसन बसेको आठौँ दिन पुग्दा डा् केसीको स्वास्थ्यमा गम्भिर समस्या उत्पन्न भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा चिनी र नुनको मात्रा घट्दै गएको र मुटुको धडकन बढिरहेकाले हृदयधातको खतरा रहेको चिकित्कसले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस