जनकपुरमा ओली र मोदीको पुत्ला दहन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जनकपुरमा ओली र मोदीको पुत्ला दहन


२४ कार्तिक २०७६, आइतबार


जनकपुर । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेको र नेपालका प्रधानमन्त्री चुप लागेर बसेको भन्दै आइतबार जनकपुरधाममा दुबै देशका प्रधानमन्त्रीको पुत्ला जलाइएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्रधी नरेन्द्र मोदीको पुत्ला एकैपटक जलाइएको हो ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी निकट संगठन जनगणतान्त्रिक मोर्चा धनुषाले आज दिउँसो जनकपुरको जनकचोकमा दुवै देशका प्रधानमन्त्री व्दयको पुत्ला दहन गरेको हो।

भारतले नेपालको भू-भाग आफ्नो नक्सामा समेटेको र देशका प्रधामन्त्री ओली चुप लागेर बसेको विरोधमा दुवैको पुत्ला जलाएको जन गणतान्त्रिक मोर्चा धनुषाका अध्यक्ष नन्दकुमार झाले बताए।

पुत्ला दहन कार्यक्रममा मिथिला राज्य समिति सदस्य कमल नरायण चौधरी, नेकपा माओवादी क्रान्तिकारी धनुषाका सेक्रेटरी सितल कर्ण लगायतको सहभागिता थियो।

Tags :
प्रतिक्रिया दिनुहोस