नेपाली सेनाद्वारा जाजरकोट-डोल्पा सडक हस्तारण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाली सेनाद्वारा जाजरकोट-डोल्पा सडक हस्तारण


२३ कार्तिक २०७६, शनिबार


डोल्पा । ट्रयाक खोलेको एक वर्ष पछि जाजरकोट डोल्पा सडकलाई औपचारिक रुपमा सडक बिभागलाई हस्तान्तरण गरिएको छ ।

डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्द बक्स गण घ गुल्ममा औपचारिक कार्यक्रम गरेर नेपाली सेनाले जाजरकोट डोल्पा सडक सडक बिभागलाई हस्तान्तरण गरेको हो ।

जाजरकोट देखि डोल्पाको सदरमुकाम दुनै सम्मको ११८ किलोमिटर सडकको ट्रयाक खोलेर ०७५ मंसिर ४ गते औपचारिक उद्घाटन गरिएको जाजरकोट डोल्पा सडक एक वर्ष पछि बिहिवार हस्तान्तरण भएको छ ।

नेपाली सेनाका जाजरकोट डोल्पा सडक निर्माण कार्यदलका प्रमुख कर्णेल विश्वबन्धु पहाडीले सडक डिभिजन कार्यालय चौहरजहाारीका उप–प्रमुख नरेन्द्र प्रसाद भट्टलाइ हस्तारण गरेका हुन ।

कठिन भौगोलिक चुनातीका बावजुत पनि नेपाली सेनाको अहोरात्र खटाइलेमात्र १४ बर्षपछि डोल्पासम्म सडक पु¥याउन सफल भएको जाजरकोट डोल्पा सडक निर्माणका कार्यदल प्रमुख विश्वबन्धु पहाडिले जानकारी दिए ।

कार्यदल प्रमुख पहाडिले सडक निर्माणका क्रममा सहयोग गरेको भन्दै डोल्पाली जनता,राजनितिक दल, जनप्रतिनिधि, प्रशासन, नागरिक समाज, सञ्चारकर्मी सबैलाई आभार प्रकट गरे ।

त्यसैगरि भौतिक पुर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्कीले सेनाले गरेको कामको प्रशंसा गर्दै आगामी आर्थिक बर्ष भित्र जाजरकोट डोल्पा सडक खण्डमा पर्ने खदाङ्गस्थित भेरीनदिमाथि र त्रिपुराकोट बगरस्थित भेरीनदिम गरि दुई ओटा बेलिब्रिज निर्माण गरिने बताए ।

देशका ७७ वटै जिल्लामा कालोपत्रे सहितको सडक पु¥याउने सरकारको लक्ष्य रहेकाले अवको दुइ बर्षभित्रै सडक स्तरउन्नतिको काम सुरु गरिने समेत सचिव कार्कीले बताए ।

रक्षा मन्त्रालयका सह–सचिव शन्ताबहादुर सुनारले अटुट हिक्कम र सबैको सहयोग भए जस्तोसुकै कठिन कार्यपनि सम्पन्न गर्न सकिने उदाहारण नेपाली सेनाले दिएको बताए ।

सडक हस्तान्तरण कार्यक्रममा सिंगो डोल्पालीको तर्फबाट बोल्दै जिल्ला समन्वय समिति उपप्रमुख नरबहादुर बुढाले सेनाले डोल्पालीको भाग्यरेखा कोरेको बताउँदै दुनैसम्म सिधा यातायात सञ्चालनकालागि पुल निर्माणसँगै स्तरउन्नती गरिनुपर्ने बताए ।

त्रिदेशीय व्यापारिक मार्गको रुपमा समेत नामाकरण गरिएको जाजरको डोल्पा सडकको रणनैतिक महत्व झल्काउन दुनै देखि धोहुँदै मोरिम्सम्म सडक निर्माणको जिम्मा नेपाली सेनालाइनै दिनुपर्ने उनले बताए ।

हेलिकोप्टरबाट अनुगमन
एकबर्ष अघि निर्माणकार्य सम्पन्न गरेको जाजरकोट–डोल्पा सडक र निर्माणाधिन दुनै–मोरिम्ला सडकको समेत सेनाको हेलिकोप्टरबाट अनुगमन गरिएको छ ।

भौतिक पुर्वाधार मन्त्रालयका सचिव देबेन्द्र कार्की, सह–सचिव गोपाल सिग्देल, उप सचिव बिष्णुप्रसाद शर्मा, अर्थ मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्री,उप–सचिव मोहन सिँह बस्नेत, शाखा अधिकृत सुशिला भट्ट पण्डित, सडक बिभागका महानिर्देशक केशब शर्मा,आयोजना निर्देशक शिव नेपाल, रक्षा मन्त्रालयका सह–सचिव शन्त बहादुर सुनार, नेपाली सेनाका कर्णेल बिश्वबन्धु पहाडि सहितको १८ जनाको टोलीले अनुगमन गरेको हो ।

उक्त टोलीले एक बर्ष अघि निर्माणकार्य सम्पन्न गरेका जाजरकोट–डोल्पा सडकको स्तरउन्नतीसँगै पुल निर्माणकालागि आवाश्यक अध्ययन समेत गरेको बताइएको छ ।

सडक हस्तान्तरण कार्यक्रममा नेकपा केन्द्रिय सदस्य हंशबहादुर शाही,नेकपा कार्यलय सदस्य चन्द्रमान रोकाय,सहायक प्रजिअ लक्ष्मी शर्मा,प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकार,शसस्त्र प्रहरी नायव उपरीक्षक चेतसिँह थापा,जिल्ला समन्वय समितिका राजकुमार केसी लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस