२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको निर्णय स्वाभाविक : निवर्तमान प्रदेश प्रमुख झा

अ+ अ-

रुपन्देही । प्रदेश नं ५ का निवर्तमान प्रदेश प्रमुख उमाकान्त झाले प्रदेश प्रमुख पदमुक्त गर्ने सरकारको निर्णय स्वाभाविक भएको बताएका छन् । सरकारले गर्ने कुनै पनि नियुक्ति निश्चित काम र समयको लागि हुने भएकाले यो प्रक्रियालाई आफूले सामान्य रूपमा लिएको हुँदा विचलित हुनुनपर्ने बताए ।

प्रदेश प्रमुख कार्यालयमा आज आयोजित बिदाइ कार्यक्रममा निवर्तमान प्रदेश प्रमुख झाले आफू निजामती कर्मचारीबाट आएकाले पनि यस्तो प्रक्रियामा अभ्यस्त रहेको बताए । पहिलो प्रदेश प्रमुख भएर आएको २२ महिनाको कार्यकाल अत्यन्त सफल रहेको भन्दै उनले प्रदेश प्रमुख भएर आफूले ‘के गर्न सकेँ के गर्न सकिनँ’ भन्ने कुरा समयले मूल्याङ्कन गर्ने बताए । ‘म आउँदा जुन कामको लागि उत्साह, उमङ्ग र जिम्मेवारी थियो बिदाइ भएर जाँदा पनि त्यो जिम्मेवारी पूरा गर्न सकेको कारण त्यही खुशी लिएर जाँदैछु’, उनले भने।

उनले प्रदेश सरकारको स्थापनासँगै संविधान र संघीयता कार्यान्वयनमा आफूले गरेका काम सबैका सामु छर्लङ्ग रहेको उल्लेख गर्दै ती कामलाई उजागर गर्न सञ्चार माध्यमलाई आग्रहसमेत गरे । आफूले प्रदेश सरकारका बहुआयामिक सम्पूर्ण काम नजिकबाट हेर्ने र आफ्नो भूमिका निर्वाह गर्ने मौका पाएको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि कानून निर्माणदेखि प्रदेशका योजना निर्माणमा राम्रोसँग काम गरेको बताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले निवर्तमान प्रदेश प्रमुख झालाई मायाको चिनो प्रदान गरेका थिए । विसं २०३५ मा इञ्जिनीयरको रूपमा निजामती कर्मचारी सेवामा प्रवेश गरेका झालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पछिल्लो सरकारले २०७४ साल माघ ३ गते प्रदेश ५ को पहिलो प्रदेश प्रमुखको रूपमा नियुक्ति गरेको थियो ।