कास्की २ बाट विद्यालाई उम्मेदवार बनाउन नेकपा सचिवालय सबै सदस्य सहमत « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कास्की २ बाट विद्यालाई उम्मेदवार बनाउन नेकपा सचिवालय सबै सदस्य सहमत


१६ कार्तिक २०७६, शनिबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।

उपचुनावका उम्मेदवारहरु छनोटका लागि शनिबार बसेको नेकपा सचिवालयको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णयमा पुगेको हो । झण्डै तीन घन्टासम्म चलेको बैठकमा उपचुनावका लागि क्षेत्र, जिल्ला र प्रदेशबाट आएका नामहरुबारे छलफल भएको थियो ।

उच्च स्रोतका अनुसार कास्की २ मा विद्यालाई उम्मेदवार बनाउन सचिवालयका सबै सदस्य सहमत भएका छन् ।

प्रतिक्रिया दिनुहोस