२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फष्टाउँदै चौरी पालन व्यवसाय

अ+ अ-

दुनै, डोल्पा । डोल्पामा चौरी पालन व्यवासाय फष्टाउँदै गएको छ । स्थानीयले समूह मार्फत सामूहिक रुपमा पालन गरेको चौरी पालन व्यवसाय फष्टाउँदै गएको हो ।

जिल्लाको जगदुल्ला गाँउपालिका ४ को चौरीकोट र त्रिपूरा सुन्दरी नगरपालिका ११ बंतडीमा सामूहिक रुपमा चौरी पालन व्यवसाय सूरुवात गरिएको छ ।

कर्णाली प्रदेश सरकार भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्रालयको ५० लाख आर्थिक सहयोगमा जगदुल्लाको मौरे लेखमा कर्णाली प्रदेशकै उत्कृष्ट चौरी फर्म सञ्चालन गरिएको छ ।

करिब ४ हजार मिटरको उचाइमा रहेको मौरे लेखमा “भालु पाटन व्यवसायिक चौरी पालन फर्म”ले स्थानीय सरकार र प्रदेश सरकारको सँयूक्त लगानीमा चौरी पालन गरेको व्यवसायि चौरी पालन समूहका अध्यक्ष सक्तप्रसाद रोकायाले जानकारी दिए ।

५३ वटा चौरीगाईबाट पालन सूरु गरिएको र पहिलो वर्षमै दुधबाट उच्चस्तरीय छुर्पी उत्पादन गरेर बिक्री सुरु गरेको अध्यक्ष रोकायाले बताए । उनले भने हामीले गाँउपालिकामै डेरी उद्योग पनि सञ्चालन गरेका छौं । जहाँबाट हरेक दिन कुनै पनि समयमा बाह््रै महिना ताजा दुध, घिउ, नौनि, चुर्पी र दही खान पाउनेछन ।

हिमालको नजिकैमा रहेको याक फर्ममा चौरी गाईहरु बाच्छा अनि भाले याकले फर्म भरिभराउ रहेको देखिन्छ । स्थानीय भक्त रोकाया भन्छन, ‘कर्णाली प्रदेश सरकारको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालय र स्थानीय सरकारलाई सम्मान गर्ने कुनै शब्द नै छैन हाम्रो जीवनस्तर सुधार बनायो चौरी पालन यवसायले ।’

प्रदेश सरकारले नमुना चौरी पालन व्यवसायका लागि दिएको बजेटको सहि सदुपयोग भालु पाटन व्यवसायिक चौरी पालन फर्मका समूहले गरेको र यो फर्म कर्णाली प्रदेशकै उत्कृष्ट रहेको ठहर गरिएकोले अब थप व्यवस्थापनको लागि प्रदेश सरकारले सहयोग गर्ने कर्णाली प्रदेश सरकारका सदस्य माननीय बिरबहादुर शाहीले प्रतिबद्धता जनाए ।

डोल्पा जिल्लामा रहेका २ वटा फर्म नै राम्रो रहेको भए पनि अझै राम्रो व्यवस्थित मौरे लेखमा रहेको चौरी फर्म रहेकोले सरकारले कुनै पनि तवरबाट थप मजुबुद्ध बनाउन सहयोग गर्ने प्रदश माननीय बदमी क्वारा बोहोराले बताईन।

भौगोलिक बनावट पनि मिलेको र स्थानीयहरु पनि निकै सक्रिय रहेकोले व्यवसाय फष्टाउँदै जानेमा निश्चिन्त रहेको जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिँह रोकायाले बताए । रोकायाले भने अब डेरी उद्योगमा नै सिमित नभएर उत्कृष्ट चौरीको चिज उद्योग समेत स्थापना गरी स्वदेश तथा विदेशमा समेत निर्यात गर्ने लक्ष्य रहेको जानकारी दिए ।

प्रदेश सरकारको ४८ लाख ७५ हजार र स्थानीय सरकारको ३२ लाख सहयोगका साथै जनश्रमदान सहित ८६ लाखमा चौरी फर्म स्थापना गरी सञ्चालन गरिएको हो । हाल एक जना व्यवस्थापक, ३ जना गोठालाले चौरी फर्म सञ्चालन गरीरहेका छन ।

“चौरी श्रोत केन्द्रको स्थापना स्थानीय हर्षित”
झण्डै चार दशक पछि चौरी श्रोत केन्द्रको स्थापना भएको छ । त्रिपूरा सुन्दरी नगरपालिकाको घोडाखोर बंतडीमा चौरी श्रोत केन्द्रको स्थापना भएपछि स्थानीयहरु हर्षित भएका छन ।

कर्णाली प्रदेश सरकारको एक करोड लागतमा चौरी श्रोत केन्द्रको स्थापना भएपछी स्थानीयलाई रोजगारी र अन्य आम्दानीको श्रोत समेत बन्ने भएको छ ।

चौरी पालनबाट स्थानीयले दुध,घिउ,तथा भाले याक खसिको रुपमा बिक्रि गरेर आम्दानीको श्रोत बनाउनेमा बिश्वस्त रहेको पशु तथा भेटेनरी चिकित्सक चन्द्रलाल धरालाले बताए । धरालाले भने यसलाइ आफनै सम्पती सम्झेर लागि परे अबस्य पनि राम्रो हुदै जाने बताए ।

चौरीको रौबाट बन्ने सबै खाले कपडा उत्पादन हुने र प्रत्यक्ष रुपमा स्थानीयले आम्दानी दिने भएकोले कर्णाली प्रदेश सरकारलाइ धन्यबाद दिदै बारम्बार अनुगमन र सुझाब सल्लाह दिने त्रिपूरा सुन्दरी नगरपालिका प्रमुख ओमबहादुर बुढाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस