डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना


१५ कार्तिक २०७६, शुक्रबार


डोल्पा । डोल्पामा सामाजिक विकास कार्यालयको स्थापना भएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको शिक्षा निर्देशनालय सामाजिक विकास कार्यालय उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले उद्धघाटन गरेका हुन ।

जनताले पाउने सेवालाइ प्रभावकारी बनाउन जिल्लाबाटै सेवा प्रवाह गर्नेगरि जिल्लामा नै कार्यालयको पस्थापना गरेको कार्यालय प्रमुख धनन्जय आर्चायले जानकारी दिए ।

आर्चायका अनुसार सामाजिक विकास कार्यायलबाट शिक्षा,महिला तथा बालबालिका,अपाङ्ग,जेष्ठ नागरिक,श्रम र मुख्यमन्त्री रोजगार कार्याक्रम लगायतका कामहरु हुने र नागरिकले जिल्लाबाटै सेवा पाउने बताए ।

हाल ६ वटा कर्मचारीले जिल्लाबाट सेवा प्रदान गर्नेछन् । जिल्लामा कार्यालय स्थापना मात्रै हुने र कर्मचारी नबस्ने भन्ने नागरिकको गुनासोलाइ मध्यनजर गरी एक सातामा केही योजनासहित कार्यालयमा सबै कर्मचारी आइपुग्ने कार्यालय प्रमुख धनन्जय आर्चायले बताए ।

भौगोलिक विकटतालाइ मध्यनजर गरी जनताको जनगुणासो अनुसार नै प्रदेश सरकारका विकासे ४ मन्त्रालयका दुईदुईवटा कार्यालय जिल्लामा राख्न गएको भदौ ६ गते कर्णाली प्रदेश सरकारले निर्णाय गरे अनुसार जिल्लामा धामधम कार्यालयहरु स्थापना भै रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले जानकारी दिए ।

मन्त्री बुढाका अनुसार डोल्पामा कर्मचारी अभाव रहेको कारण प्रदेश सरकारले डोल्पालाइ पहिलो प्राथमिकतामा राखेर कर्मचारी पठाउने र विकासका काम जनताले अनुभुति गर्ने गरी अघि बढाउने बताए । बुढाले भने बजेटको कमी हैन कर्मचारी नहुदा बजेट कार्यान्वयन भएन डोल्पामा ।

कर्णाली प्रदेश सरकारले अब करारमा प्राविधिक कर्मचारी लिने र डोल्पामा सबै कर्मचारीहरुको माग पूर्ति हुने भएकोले जनताले सेवा प्रभावकारी पाउने वातावरण बनाउन मन्त्री बुढाले आग्रह गरे ।

विकासकै कुरालाई जोड्दै जिल्लामा उपभोक्ताबाट भएका योजनाहरु अनियमितता भएको भन्ने कुरालाइ चिरफार गर्न प्रदेश सरकारले पनि अनुगमन गर्ने र जिल्ला समन्वय समिति र स्थानीय सरकारले विशेष अनुगमन र निगारानी गर्न अनुरोध गरे ।

जिल्लामा कार्यालय मात्रै स्थापना गर्ने काम नगरेर जनताले बिश्वास गर्ने र सेवा पाउने गरि कार्यालयको स्थापना गर्न जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले आग्रह गरे । बुढाले भने जनताले अझै विश्वास गरेका छैनन पहिला जनतालाइ सेवा देउ सबैले सहयोग गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस