सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसद गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाका सदस्य सांसद राजेन्द्र गौतमको घरमा चोरी भएको छ । संखुवासभाबाट निर्वाचित सांसद गौतमको काठमाडौंस्थित निवासमा बुधबार दिउँसै चोरी भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बुधबार दिउँसो चोरी भएको हो ।

आफु बस्ने गरेको घर सूचना आयोगको कार्यालयको ठीक अगाडि रहेपनि त्यहाँ सिसिटीभी भए नभएको जानकारी नभएको उनले बताए ।

आफू सिंहदरबार गएको र पत्नी कार्यालय गएको बेला घरको मूल ढोकाको ताल्चा फुटाएर नगद र गरगहना चोरिएको उनले बताए ।

बुधबार दिउँसो दुईदेखि चार बजेको बीचमा चोरी भएको गौतमको भनाइ छ ।

गौतमका अनुसार अढाइ तोला सुनका गहना, चाँदीको थाली र १ लाख ५ हजार नगद चोरी भएको छ । चोरी भएको जानकारी प्रहरीलाई गराएपछि केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) र नयाँबानेश्वर प्रहरी प्रमुखसहितको टोलीले घटनास्थलको अनुसन्धान गरे पनि चोरीमा संलग्न कसैलाई पनि पक्रेको खबर नआएको उनले बताए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस