सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ? « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्य बढ्यो, आज कतिमा कारोबार हुदैछ ?


१५ कार्तिक २०७६, शुक्रबार


काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ ।  बिहिवार छापावाला सुन प्रतितोला ७० हजार पाँच सयमा कारोबार भैरहेको (आज) शुक्रवार ७ सय रुपैँयाले बढेर ७१ हजार दुई सय पुगेको छ ।

शुक्रवार छापावाला सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजावी सुन भने ७० हजार ९ सयमा कारोबार भैरहेको छ । तेजावी सुनमा प्रतितोला ७ सयले वृद्धि भएको हो र त्यस्तै, चाँदीको भाउमा समेत वृद्धि भएको छ ।

बिहिवार प्रतितोला आठ सय ६० मा कारोबार भैरहेको चाँदी शुक्रवार चाँदीको मूल्य पनि रु १० ले वृद्धि भएर आठ सय ७० मा कारोबार भैरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस