चोरीको गरगहनासहित एक भारतीय पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोरीको गरगहनासहित एक भारतीय पक्राउ


१४ कार्तिक २०७६, बिहिबार


pakrau

बनीयानी । चोरी गरेको ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साह छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार कमल गाउँपालिका–६ घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी ललिता सापकोटा, गीता पौडेल र मधु गुप्ताको घरबाट बुधबार गरगहना चोरी भएको थियो । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले सिसी क्यामेराको सहयोगमा साहलाई बिर्तामोड–५ बाट पक्राउ गरेको हो ।

पक्राउ परेका साहले प्रयोग गरेको भारतीय नम्बरप्लेटको गाडी जाँच गर्ने क्रममा लाखौँ मूल्य बराबरको सुन र चाँदीका गरगहना, ३८ हजार नेपाली र १३ हजार भारतीय रुपैयाँसमेत बरामद गरिएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस