काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौंको लप्सेफेदीमा बस दुर्घटना, तीनको मृत्यु, २० घाइते


१४ कार्तिक २०७६, बिहिबार


साँखु । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस काठमाडौंको लप्सेफेदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते छन्।

आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा दुई महिला र एक पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिए ।

ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, उत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको यकिन सङ्ख्या र मृतकको पहिचान खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस