रौतहट । जिल्लाको गौर नगरपालिका–३ मा बुधबार साँझ गोली चलेको छ ।
विद्युत प्राधिकरणको कार्यालयनजिकै अज्ञात समूहको गोली प्रहारबाट ४० वर्षीय भारतीय नागरिक विजय गुप्ता घाइते भएका छन्।
उनको पेटको बायाँ भागमा गोली लागेको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। उनको जिल्ला अस्पताल रौतहटमा उपचार भइरहेको छ।
गोली कसले र के कारणले हान्यो भन्ने बारेमा केही खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।







