गोरखामा रूखबाट लडेर एक युवकको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरखामा रूखबाट लडेर एक युवकको मृत्यु


१३ कार्तिक २०७६, बुधबार


गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटारमा रूखबाट लडेर आज एक युवकको मृत्यु भएको छ । घर नजीकै रहेको बारीमा दबदबेको रूखमा घाँस झार्न चढेका अन्दाजी ३७ वर्षीय रामजी दराईको लडेर मृत्यु भएको वडा सदस्य राजाराम दराईले जानकारी दिए ।

रूखबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडासदस्य दराईले बताए । ‘आज बिहान उनी घाँस काट्न घरबाट निस्कएका रहेछन्’, उनले भने, ‘घाँस काट्दै गर्दा रूखको हाँगासमेत भाँचिएर भुइँमा बजारिन पुग्दा मृत्यु भएको हो ।’ पूर्वनेपाली सेना दराईको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।

घटनाको जानकारी पाएलगत्तै उद्धारका लागि स्थानीयवासी पुगेको भए पनि घटनास्थलमै उनको मृत्यु भएको वडासदस्य दराईले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस