सात महिनामै आठ हजार मिटर भन्दा अग्ला १४ हिमाल चढेर विश्व कीर्तिमान « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सात महिनामै आठ हजार मिटर भन्दा अग्ला १४ हिमाल चढेर विश्व कीर्तिमान


१३ कार्तिक २०७६, बुधबार


काठमाडौं । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा १६ वटा हिमाल चढेर विश्व कीर्तिमान बनाएका छन् ।

३६ वर्षीय पुर्जाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल चढेर नयाँ कीर्तिमान बनाउन सफल भएका हुन् ।

उनले मंगलबार बिहान स्थानीय समय अनुसार ८ः५८मा चीनको शिशावाङ्मा हिमाल आरोहण गरेका हुन् । यो सँगै उनले आरोहण गरेका हिमालको संख्या १४ पुगेको हो ।

यसअघि यो कीर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो । उनले ८ वर्ष लगाएर सन् १९८७ मा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल चढेका थिए ।

पूर्व गोर्खा सैनिक पूर्जाले ‘प्रोजेक्ट पोसिबल’ नाम दिएर ८ हजार मिटर अग्ला १४ हिमाल चढ्ने अभियान सुरु गरेका थिए । त्यसअनुसार १० वैशाखमा ८ हजार ९१ मिटर चढेका थिए । त्यसपछि धौलागिरी, कञ्चनजंघा, सगरमाथा चढे ।

Tags :
प्रतिक्रिया दिनुहोस