भारतमा तीन नेपाली मजदुरको हत्या « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भारतमा तीन नेपाली मजदुरको हत्या


११ कार्तिक २०७६, सोमबार


चक्कु प्रहार

काठमाडौँ । भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरूको कात्तिक ८ गते हत्या भए पनि आइतबार मात्रै थाहा भएको हो ।

पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र सोही स्थानका २७ वर्षीय बिरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका उप प्रमुख धनबहादुर बोहराले बताएका छन् । उनले भने, “उनीहरूलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बिरा सहोदर भाइ हुन् ।

उनीहरूले पिथौरगढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका थिए । हरे बोहराकी श्रीमती किर्रा फरार रहेकीले यो घटनामा उनको संलग्नता हुनसक्ने आशङ्का गरिएको उप प्रमुख बोहराको भनाइ थियो ।

शवलाई पिथौरागढ जिल्ला अस्पतालमा राखिएको छ । बिरा केही महिना अघि मात्रै दाजु भाउजूलाई भेट्न पिथौरागढ गएकामा उनी पनि उतै मजदुरी गर्दै आएका थिए । हत्या कसले गरेको हो भन्नेबारे खुल्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस