महाराजगञ्जको जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना पक्राउ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महाराजगञ्जको जुवाखालबाट दुई करोड ६७ लाखसहित २५ जना पक्राउ


१० कार्तिक २०७६, आइतबार


काठमाडौं। महाराजगन्जस्थित एक जुवाखालबाट ६७ लाख रुपैयाँसहित २५ जना पक्राउ परेका छन् ।

शनिबार राति जुवाखालमा प्रहरीले छापा मार्दा को साम्बाला होटेल पछाडिको जुवाखालबाट क्यासिनो किङले परिचित बलराम सापकोटा र श्रवण गोयलसहित २५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट दुई करोड ६७ लाख रुपैयाँ बरामद गरिएको महानगरीय प्रहरी परिसरका काठमाडौँका एक प्रहरी अधिकारीले जानकारी दिएका छन्।

उच्च पदस्थ व्यक्तिहरू जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति छापा हान्न पुगेको प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका अन्य व्यक्तिहरूबारेमा प्रहरीले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस