२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डुइङ विजिनेसमा सुधार कडा मेहनतको प्रतिफल : अर्थमन्त्री खतिवडा

अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन् ।

अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा यहाँ आयोजित सम्मेलनमा मन्त्री खतिवडाले संघीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताए ।

उनले हामीले संघीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि हो भने । यसले हामीलाई वित्तीय संघीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको र अर्को वर्षदेखि हामीलाई समस्या नहुने पनि उनले बताए । हामीले उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पुर्‍याएका छौँ, भन्सारका पूर्वाधारमा सुधार गरेको अर्थमन्त्री खतिवडाले बताए ।

कार्यक्रममा विश्व बैँक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र हो भने । उनले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन्’, उनले भने । ‘नेपालले १६ स्थान सुधार गर्नु निश्चय नै निकै सकारात्मक कुरा हो’, उनले भने ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको स्थान सुधार हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्पण उल्लेखनीय रहेको यसमा मन्त्रिपरिषद्ले समन्वय गरेको तथा आफूहरु सूचकको ग्याप कहाँ छ भनेर पत्ता लगाउन र सुधारका एजेण्डा स्थापित गर्न सक्षम भएको बताए । कानूनमा सुधार धेरै भइसके पनि मानिसहरु पुरानै कुरा हेरेर तर्क गर्ने र नकारात्मक कुराको प्रचारप्रसार गर्ने प्रवृत्ति रहेको पनि उनले बताए । अहिलेको सफलताबाट अब विदेशी लगानी भित्र्याउन पनि सहज हुने उनले बताए ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका उपसचिव महेश भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै हामी सार्क राष्ट्रमा भारत र भुटानपछि मात्र छौँ तैपनि सन्तुष्ट भएर नबस्ने बताए । उनले एकीकृत भन्सार स्थापना हुनु, अदालती प्रक्रिया विश्वसनीय हुनु, भूमि प्रशासनमा सुधार हुनु र वानस्टप सेन्टर लागू हुनुले सुखद् परिणाम ल्याएको बताए ।

उद्योगी शेखर गोल्छाले नेपाल ११० स्थानबाट ९४ स्थानमा आउनु ठूलो उपलब्धि भएको बताउँदै अर्थमन्त्रीलाई बधाई दिए। ‘अब हामी लगानी भित्र्याउन सुध्रेको राष्ट्र भएका छौँ’, उनले भने । कार्यक्रममा विश्व बैंक समूहका प्रमुख निजी क्षेत्र विशेषज्ञ पिटर मुस्लेले नेपालको डुइङ विजिनेसमा उल्लेखनीय सुधार गरेकोमा खुशी व्यक्त गरे ।

विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो । सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो । सूचकाङ्कमा सार्क राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन् ।रासस