२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अठारौँ नाम शिखर सम्मेलन : नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुन:पुष्टि गर्ने

अ+ अ-

बाकु । असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनहरुका प्रतिनिधिहरु सहभागिता हुँदैछन् ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन् । शिखर सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल हिजो अबेर राति कतारको दोहा हुँदै कतार एयरको नियमित उडानमार्फत यहाँ आइपुगेको हो । प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य छिन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसंघका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू समावेशछन् ।

प्रधानमन्त्री ओलीले औपचारिक उद्घाटनपछि नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्ने छन् ।

यसैगरी, प्रधानमन्त्री ओली अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा पनि आज सरिक हुने छन् । प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनअघि कात्तिक ४ देखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गरी बाकु घोषणापत्र जारी गरिनेछ ।

यसअघि, बिहीबार अबेर राति, शिखर सम्मेलनमा नेपालको प्रतिनिधिमण्डमा सहभागी राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजनका संवाददाताहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रिस्तरीय बैठकले वर्तमान विश्व अवस्थाको विश्लेषण गर्दै असंलग्न आन्दोलन र यसका सिद्धान्तहरुको सान्दर्भिकताको पुनर्पुष्टि गरेको बताउए । उनले भने, ‘सन् १९६१ मा नाम औपचारिक रूपमा स्थापित हुँदा विकासोन्मुख देशहरुले सामना गरेका विकास र विश्व प्रणालीमा अर्थपूर्ण सहभागिताको समस्या अझै पनि यथावतै रहेको छ ।’

सो बैठकले १८औँ नाम शिखर सम्मेलनको बाकु घोषणापत्रको मस्यौदा गरेको जानकारी दिँदै मन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य र एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताए । शिखर सम्मेलनको मुख्य दस्तावेजका रूपमा रहने बाकु घोषणापत्र सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको अनुमोदनपछि भोलि जारी हुँदै सम्मेलनको समापन हुनेछ ।

‘दिगो विकासका लक्ष्य हामीले अवलम्बन गरेको एउटा युगान्तकारी विश्वव्यापी कार्यक्रम हो तर विकसित राष्ट्रहरुले त्यस सम्बन्धमा जिम्मेवारीको भार जति लिनुपर्ने हो, त्यति लिन सकिरहेका छैनन्’, मन्त्री ज्ञवालीले भने, ‘त्यसैकारण, दिगो विकासका लक्ष्यहरुलाई पूरा गर्नमा विकासोन्मुख देशहरुलाई सहयोग गर्न हाल विद्यमान विकास सहायताको संरचनालाई परिवर्तन गर्न आवश्यक छ ।’

नामको मुख्य उद्देश्य भनेको विकासोन्मुख देशहरुको स्वतन्त्र पहिचान, स्वतन्त्र अस्तित्व र स्वतन्त्र रूपमा विकास गर्न पाउने स्वतन्त्रताका साथै विश्व प्रणालीमा न्यायोचित प्रतिनिधित्व होस् भन्ने हो । ‘नेपालको हकमा भने, नाम हाम्रो अस्तित्व र विकाससँग जोडिएको कुरा हो’, परराष्ट्रमन्त्री ज्ञवालीले भने, “त्यसैकारण हाम्रो विदेश नीति असंलग्न आन्दोलनका सिद्धान्तहरुमा आधारित हुँदै अघि बढेको छ । हाम्रो भूराजनीतिक अवस्थालाई दृष्टिगत गर्दा, असंलग्नता, तटस्थता, अहस्तक्षेप, सार्वभौम समानता हाम्रा लागि ज्यादै महत्वपूर्ण छन् ।’

परराष्ट्रमन्त्री ज्ञवालीले यो शिखर सम्मेलन नेपालका लागि असंलग्न आन्दोलनका सिद्धान्तहरुप्रतिको आफ्नो प्रतिबद्धताहरुलाई पुनर्पुष्टि गर्ने अवसर रहेको र त्यही कुरालाई नेपालले आज र भोलि जोड दिने जानकारी दिए ।