सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन १ महिना समय थप « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन १ महिना समय थप


७ कार्तिक २०७६, बिहिबार


काठमाडौं । सामाजिक सुरक्षा योजनामा आवद्ध हुने समयावधी थपिएको छ । गत असोज मसान्तसम्म कोषमा सूचिकृत भइसक्नु पर्ने समयमा सोचेअनुसार श्रमिक तथा रोजगारदाता सूचिकृत नभएपछि (एक महिना) कात्तिक १३ देखि मंसिर १३ सम्म लागू हुनेगरी कोषमा सूचिकृत हुन समयावधी थप गरिएको हो ।

ठूलो संख्यामा श्रमिकहरु तथा रोजगारदाता कोषमा सूचिकृत हुन बाँकी रहेकाले समय थप गरिएको कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बौद्दिक तथा शारीरिक श्रम गर्ने श्रमिकहरुको हकहितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना अघि सारेको स्पष्ट पारे ।

हालसम्म कोषमा ८ हजार ८ सय १८ रोजगारदाता तथा १ लाख ९ सय ६८ योगदानकर्ता कोषमा सूचिकृत भएका छन् । योगदानकर्ताको ७ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम कोषमा जम्मा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस