विद्यालयको बरण्डा भत्किँदा ४२ बालबालिका घाइते « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विद्यालयको बरण्डा भत्किँदा ४२ बालबालिका घाइते


६ कार्तिक २०७६, बुधबार


School

काठमाडौँ । विद्यालयको बरण्डा भत्किँदा ४२ जना विद्यार्थी घाइते भएका छन् ।

काठमाडौं तारकेश्वर नगरपालिका ३ धर्मस्थलीमा रहेको विद्याकुञ्ज इंगलिस बोर्डिङ स्कुलको बरण्डा भत्किँदा बरण्डामा बसेर खेलकुद हेरिरहेका विद्यार्थी घाइते भएका हुन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घाइते विद्यार्थी ६ देखि १२ वर्ष उमेरका छन् । उनीहरुमध्ये कतिपयको हात भाँचिएको, शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।

घाइते विद्यार्थीलाई ग्रीनसिटी अस्पताल लगिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस