घाट सेवा केन्द्रका कर्मचारीहरुद्वारा आन्दोलन फिर्ता, सेवा सुविधा वृद्धि « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घाट सेवा केन्द्रका कर्मचारीहरुद्वारा आन्दोलन फिर्ता, सेवा सुविधा वृद्धि


६ कार्तिक २०७६, बुधबार


काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव जलाउने कामदारहरुको सेवासुविधा बढाउने सहमति गरेपछि आन्दोलन फिर्ता भएको हो ।

वार्ता पछि सहमति भएको पशुपति क्षेत्रविकास कोषका सदस्यसचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् ।

शव जलाएबाफत पाउने १२ सय रुपैयाँबाट १५ सय रुपैयाँ र उपचार खर्चबाफत पाँचहजार बाट १५ हजार बनाइएको सदस्यसचिव डा. ढकाललले जनाएका छन् ।

बुधबार बिहानदेखि घाटसेवा केनद्रका कर्मचारीहरुले सेवा सुविधाको माग राख्दै अनिश्चितकालका लागि आर्यघाटमा शव दाहन गर्ने काम बन्द गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस