२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेइस वर्षपछि खानेपानी आयोजना सम्पन्न

अ+ अ-

पर्वत । दक्षिण पर्वतको बिहादी गाउँपालिकामा सञ्चालित एउटा खानेपानी योजना २३ वर्षपछि सम्पन्न भएको छ । बिहादी गाउँपालिका–२ बर्राचौर र वडा नं ३ रानीपानीका बासिन्दालाई खानेपानी सुविधा दिने उद्देश्यले निर्माण गरिएको लिसे गैह्रा खानेपानी तथा सरसफाइ योजना २३ वर्षपछि सम्पन्न भएको हो ।

खानेपानीको मुूलको विवादका कारण विसं २०५३ मा निर्माण शुरु भएको योजना ७० प्रतिशत पूरा भएपछि बीचमै अलपत्र परेको थियो । पछिल्लो समयमा मूलको विवाद समाधान गरेपछि पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसरफाइ परियोजना (दोस्रो चरण) र उपभोक्ताको श्रमदानबाट निर्माण गरिएको हो । निर्माण सम्पन्न योजनाको प्रतिनिधिसभाका सदस्य पदम गिरीले उद्घाटन गरे । उनले पर्वत जिल्लाका सबै घरधुरीमा खानेपानीका एक घर एक धारा पुर्‍याउने लक्ष्य आफ्नो कार्यकालभित्रै पूरा गर्ने प्रतिबद्धता जनाए।

आयोजना सम्पन्न भएपछि दुई वडाका १९३ घरमा घरघरै धारा निर्माण गरिएको छ भने बिद्यालय, सार्वजनिक संस्था, मन्दिरमा सामुदायिक धारासमेत बनेका छन् । विसं २०४२÷०४३ मा नै खानेपानी योजनाको सर्वेक्षण भए पनि निर्माण हुननसकेको तर विसं २०५३ मा निर्माण शुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष श्यामलाल गिरीले बताए। “मुख्य पाइपलाइन, ट्याङ्की निर्माण भएपछि मूलको विषयमा विवाद हुँदा ७० प्रतिशत काम पूरा भए पनि त्यसै छाडिएको थियो ।” उनले भने, “सबै क्षेत्रको अथक प्रयासबाट तीन दशकअघिदेखिको सपना बल्ल पूरा गर्न सकेका छौँ ।”

खानेपानी योजना रु एक करोड ४३ लाखको लागतमा सम्पन्न भएको छ । त्यसमध्ये उपभोक्ताले जनश्रमदान र नगद गरी रु ५० लाखभन्दा बढी खर्च गरेका छन् । खानेपानीको समस्या रहेको बर्राचौरको एउटा भूगोलका बासिन्दाले शुद्ध खानेपानी घरघरमै धाराबाट पाउन सफल भएको र अब बाँकी क्षेत्रमा पनि छिट्टै खानेपानीको सुविधा पुर्‍याउने लक्ष्य राखिएको बर्राचौर वडा नं २ का अध्यक्ष ओमबहादुर कुँवर बताउँछन् ।

स्वास्थ्य शिविरमा पाँच सयको उपचार

पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा रहेको पूर्णेश्वर माविमा निःशुल्क बृहद स्वास्थ्य शिविर सम्पन्न भएको छ । विद्यालयको स्वर्ण महोत्सवको अवसरमा लायन्स क्लब अफ पोखरा पिस चौतारी, विद्यालयको स्वर्ण महोत्सव मूल आयोजक समिति र पूर्णेश्वर भूतपूर्व विद्यार्थी समाजको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा फिस्टेल हस्पिटल पोखराका विशेषज्ञ चिकित्सक तथा इडित क्राउन युनिभर्सिटी अष्ट्रेलियाका नर्सहरुले बिरामीलाई स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरेका थिए ।

सो अवसरमा स्त्री तथा प्रसूति, हाड जोर्नी तथा नसा, बालरोग र सामान्य चिकित्सासम्बन्धी क्षेत्रका विशेषज्ञ चिकित्सकद्वारा ४८८ को स्वास्थ्य परीक्षण गरिएको थियो । इसिजी, भिडियो एक्सरेसहितको निःशुल्क स्वस्थ्य जाँच र औषधि पाएपछि लामो समयदेखि उपचार गर्न नसकेका स्थानीयवासी लाभान्वित बनेका छन् ।

उक्त अवसरमा विद्यालयका १०० छात्रालाई सेनिटरी प्याड, १० विपन्न बालबाालिकालाई जनही पाँच हजारका दरले छात्रवृत्ति, विद्यालयलाई खेलकूद सामग्री, शैक्षिक सामग्री, प्राथमिक उपचार सामग्री, पुस्तक, पानी छान्ने र तातोचिसो पानी पिउने फिल्टरलगायतको करीब दुई लाख बराबरको सामग्री वितरणसमेत गरिएको थियो ।