नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास आज


४ कार्तिक २०७६, सोमबार


काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज शिलान्यास हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न चन्द्रागिरि नगरपालिका–१ टोटेपाखामा सुरुङमार्ग शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, नेपालका लागि जापानी राजदूत, जाइकाका प्रतिनिधि लगायतको सहभागिता रहनेछ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियत ऋण सहयोगमा सो सुरुङमार्गको निर्माण हुन लागेको हो ।

करिब २२ अर्ब रुपियाँको लगानीमा निर्माण हुन लागेको सो सुरुङमार्गमा जाइकाले १६ अर्ब रुपियाँ सहयोग गर्नेछ भने नेपाल सरकारले आन्तरिक स्रोतबाट छ अर्ब रुपियाँ ब्यहोर्नेछ।

सुरुङ मार्ग ५.५६ किमी लामो हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस