२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विप्लब समूहका चार कार्यकर्ता पक्राउ

अ+ अ-

पर्वत । प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व समूहका कास्की जिल्ला सेक्रेटरीसहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

प्रहरीले जिल्ला अदालत पर्वतको आदेशमा जनही ५ हजार धरौटीमा छुटेका नेकपा कास्की जिल्ला सेक्रेटरी रोल्पा गङ्गादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखा सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङ ढोरपाटन नगरपालिका ६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारीलाई पुनः पक्राउ गरेको हो ।

प्रहरी हिरासतमा रहेका चारै जनालाई पर्वत जिल्ला अदालतले असोज २८ गते जनही पाँच हजार धरौटी बुझाउने गरी रिहा गर्न आदेश दिएको थियो । आदेश अनुरुप रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान गरिएको थियो । कात्तिक १ गते धरौटी बुझाउन अदालत गएको समयमा धरौटी बुझाएपछि प्रहरीले पुनः पक्राउ गरेको छ । उनीहरुलाई राज्य विरुद्धको कसुर गरेको आरोप लगाउँदै जेठ २५ गते संयुक्त बैठक बसिरहरेको बेला गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्वतमा पठाएको थियो ।

नियन्त्रणमा रहेका चारै जना प्रतिबन्धित नेकपाका कार्यकर्ताले बिना पक्राउ पुर्जी पटकपटक गिरफ्तार गरेको भन्दै विरोध गरेका थिए । गिरफ्तार चारै जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस