शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल !


२९ आश्विन २०७६, बुधबार


काठमाडौँ । म्यानमारको राजकिय भ्रमणमा निस्किएकी राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी छिन् ।

उनी म्यानमारमा पाँच दिने राजकिय भ्रमणका लागि जान लागेकी हुन्।

कार्यालय समयमा सडकमार्गबाट विमानस्थल जाँदा सर्वसाधारणलाई सास्ती हुने भन्दै उनी हेलिकोप्टरमा चढेर विमानस्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले शितल निवासबाट हेलिकोप्टर चढेर विमानस्थल गएको यो पहिलोपटक हो । यसअघि राष्ट्रपतिको सवारीको बेला सडकमार्ग बन्द हुने गरेकोमा आलोचना हुँदै आएको थियो ।

म्यानमारका राष्ट्रपति यु विन मिन्टको निमन्त्रणामा भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यहाँ उनले राष्ट्रपति मिन्टसँग दुई पक्षीय भेटवार्ता गर्ने छिन्।

राष्ट्रपति भण्डारीले म्यानमारमा रहेका नेपाली मुलका नागरिकहरूलाई भेट गर्ने कार्यक्रम रहेको छ। उनि सँगै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, परराष्ट्र सचिव म्यानमारका लागि जादैँछन्।

Tags :
प्रतिक्रिया दिनुहोस