शासन सञ्चालन गर्न स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ : सी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

शासन सञ्चालन गर्न स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ : सी


२६ आश्विन २०७६, आइतबार


काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्ने बताएका छन् ।

होटल सोल्टीमा आइतबार भएको भेटवार्तामा राष्ट्रपति सीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई पार्टीभित्र सुशासन आवश्यक पर्ने बताएका हुन् ।

राष्ट्रपति सीले सुशासनमा ध्यान दिए शासन सञ्चालन गर्न सजिलो हुने अनुभव सुनाएका हुन् ।

चिनियाँ कम्युनिष्ट पार्टीले चीनमा शासन गर्न सक्नुको कारण एकपटक गरेको सत्ता कब्जा मात्रै नभएको सीको भनाइ छ।

भेटवार्तामा सीले चीनमा चिनियाँ कम्युनिष्ट पार्टीले शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकोले भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस