काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको सवारीका क्रममा सडक किनारामा उभिन नपाइने भएको छ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति सीको सवारीको बेला सडक किनारामा कसैले पनि उभिन नपाइने गरी सडक किनारा पनि खाली गराइने भएका छन्।
काठमाडौं प्रहरीका अनुसार, सीको सवारीका क्रममा सडक पूर्ण रुपमा खाली गरिनेछ । सडकको दुई किनारमा हिँडडुल गर्न तथा उभिएर हेर्नसमेत रोक लगाइनेछ ।
राष्ट्रपति सीको सवारीका क्रममा सुरक्षाका लागि सडक किनार खाली गर्न लागिएको महानरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताएका छन् ।
राष्ट्रपति सी दुई दिने नेपाल भ्रमणका क्रममा आज शनिबार अपराह्न काठमाडौं आउँदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नेछन् ।
विमानस्थलबाट सिधै होटल सोल्टी जानेछन् । त्यसपछि शीतल निवासमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।







