हङकङले नेपाललाई दियो १२६ रनको लक्ष्य « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

हङकङले नेपाललाई दियो १२६ रनको लक्ष्य


१९ आश्विन २०७६, आइतबार


एक दिवसीय क्रिकेट

काठमाडौं । पाँच देशको टी-२० श्रृंखलाअन्तरगत हङकङसँगको पहिलो खेलमा नेपालले १२६ रनको चुनौती पाएको छ ।

टस जितेर पहिले बलिङ गरेको नेपालले हङकङलाई १२५ रनमा समेटेको हो । करण केसीले एकै ओभरमा तीन विकेट लिएपछि हङकङ सुरुमै दबाबमा परेको थियो । ४१ रनमा तीन विकेट गुमाएको अवस्थाबाट किञ्चित शाह र वकास वर्कतले हङकङको इनिङ सम्हाले ।

अन्तिम ओभरमा पनि एक विकेटलिएर करणले आफ्नो विकेट संख्या ४ पुर्‍याएका छन् । टी-२० मा यो उनको व्यक्तिगत उत्कृष्ट प्रदर्शन हो ।

नेपालका लागि अर्को एक विकेट अविनाश बोहराले लिएका छन् । हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस