२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जीप दुर्घटना एकको मृत्यु

अ+ अ-

सुर्खेत । नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको सो दुर्घटनामा मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको हो भने चालकसहित नौजना घाइतेको उद्धार गरिएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक (डिएसपी) रवि रावलले जानकारी दिए ।

भे १ ज १०८४ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकदेखि करीब एक सय मिटर तल खसेको प्रहरीको भनाइ छ ।

घाइते हुनेमा जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह रहेका छन् । घाइतेको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।