थाइल्यान्डमा एक न्यायाधीशले अदालतभित्रै आफैंलाई हाने गोली « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

थाइल्यान्डमा एक न्यायाधीशले अदालतभित्रै आफैंलाई हाने गोली


१९ आश्विन २०७६, आइतबार


काठमाडौं । थाइल्याण्डमा एक न्यायाधीशले आफैलाई गोली हानी आत्महत्याको प्रयास गरेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेका हुन् ।

शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए ।

लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक पेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेको बताइएको छ ।

न्यायाधीश फिएन्चनाले पाँच जनालाई सफाइ लिएपछि इजलासमा गरेको भावुक सम्बोधन फेसबुकमा प्रत्यक्ष प्रशारण भएको थियो ।

उनले भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छन तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’

उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस