२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैँलाई तडकभडकमुक्त बनाऔँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा बडादशैँले हामी सबैलाई प्रेरणा दिन सकोस् भनि सुभकामना व्यक्त गरेका छन् ।

बडादशैँको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, “राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर हामी अहिले समृद्धिको यात्रामा छौँ । यस यात्रामा समृद्धिसँगसँगै समाजलाई सभ्य, मित्रतापूर्ण, शान्तिपूर्ण र आत्मीयतापूर्ण समाजका रूपमा पनि विकास गर्न सबैको ध्यान जानु आवश्यक छ । ”

दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनर्मिलनको चाड हो भन्दै उनले आफन्त र छिमेकीहरूका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफूभन्दा ठूलाबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड बडादशैँलाई सकेसम्म भव्यताका साथ मनाउन पनि जोड दिएका छन् ।

बडादशैँ भव्यतासाथ मनाइरहँदा हामीले कतिपय परम्पराका नाममा हुने नराम्रा प्रचलन तोड्दै जानु पनि आवश्यक रहेको उल्लेख गर्दै उनले भनेका छन्, “दशैँमा स्वास्थ्य, मित्रता, सामाजिक शान्ति र छिमेकीलाई प्रतिकूल असर नपरोस् भनी ध्यान दिनुपर्छ । यस चाडले परिवार, छिमेक, आफन्तमा स्नेह, मायाममता र सद्भाव फैलियोस् । ”

प्रधानमन्त्री ओलीले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा बडादशैँले जसरी विगतदेखि योगदान गर्दै आएको छ, त्यसरी नै योगदान दिँदै जान सकोस् भनेका छन् । चाडहरू बढी खर्चालु नहोऊन्, हामी आफ्नो गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन सकौँ भन्दै उनले सबैमा शुभकामना व्यक्त गरेका छन् ।