२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘एआई कन्फ्रेन्स’ आयोजना गर्दै

अ+ अ-

काठमाण्डौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पुस अन्तिम साता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी कन्फ्रेन्स आयोजना गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा बसेको मन्त्रीसहितको बैठकले कार्यक्रमको तयारीको लागि संयोजनको जिम्मा मन्त्रालयका सचिव सञ्जय शर्मालाई दिइएको छ भने सल्लाहकार समितिको अध्यक्षमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाह छन् ।

सम्मेलन हालै जारी गरिएको विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीतिअनुरुप देशभरीको विज्ञान प्रविधिको गतिविधि समेटेर तयार पार्न लागेको ‘क्यालेन्डर इभेन्ट’ अन्र्तगत हुनेछ । हालै जारी गरिएको नीतिमा उदयिमान (अगततष्लन भमनभ) प्रविधिहरुलाई विशेष महत्वको साथ देशको विकासमा विज्ञान प्रविधिलाई मूलप्रवाहीकरण गर्ने उदेश्य अन्तर्गत कार्यक्रमको आयोजना गर्न लागिएको मन्त्रालयले बताएको छ । विज्ञान, प्रविधि तथा नव पर्वर्तन नीति कार्यान्वयन गर्ने दिशामा एआई कन्फ्रेन्स कोशेढुंगा सावित हुने विश्वास लिएको मन्त्री गिरीराजमणि पोखरेलले बताए ।

विश्वमा जारी चौथो औद्योगिक रिभोलुसन अन्तर्गत एआई युगमा विश्व प्रवेश गरेको सन्दर्भमा राष्ट्रलाई त्यसतर्फ अघि बढाउने, नीति निर्मातालाई सचेत र जागरुक बनाउँदै एसडिजी का लक्ष्यहरु हासिल गर्न यो सम्मेलन सार्थक हुने मन्त्री पोखरेलको भनाई छ ।

प्रारम्भीक तयारी अनुसार सम्मेलन ३ देखि ५ दिनसम्म आयोजना हुनेछ । सम्मेलनमा सहभागी हुन विश्वभरका प्रतिष्ठित एआई विज्ञहरु नेपाल आउनेछन् । उक्त सम्मेलनमा मुलुक भित्र र बाहिरका विज्ञहरुसँगै नीति निर्माता, विदेशी संघसस्था र सरोकारवालाहरुको उल्लेख्य सहभागिता हुने जनाइएको छ । इर्मर्जिङ प्रविधिहरुमा केन्द्रित रहेर सरकारले आयोजना गर्ने यो सम्मलेन नेपालको लागि पहिलो तर उत्तिकै महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । दशैंको पूर्वसन्ध्यामा शुभकामनासहित मन्त्री पोखरेलले सम्मेलन गर्ने जानकारी गराउँदै समिति गठन गरेका हुन् ।