बैतडी । नेपाल–भारत सीमाना बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागी बन्द हुने भएको छ।
भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशिलता कारण जनाउदै सीमानाका बन्द हुन लागेको हो।
बिहान सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजे सम्म तीन दिन अन्तराष्ट्रिय सिमा (पुल) बन्द हुने बताइएको छ ।
यसका साथै अक्टोवर १६ तारेख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ।
उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाईएको छ।
आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ।







